Wildebeest analysis examples for:   npi-npiulb   ड    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

1  GEN 1:1  आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।
20  GEN 1:20  परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो ।
54  GEN 2:23  मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
55  GEN 2:24  त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
64  GEN 3:8  अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
66  GEN 3:10  मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
71  GEN 3:15  तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
74  GEN 3:18  त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।
93  GEN 4:13  कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्‍नेभन्दा धेरै भयो ।
128  GEN 5:22  हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
130  GEN 5:24  हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
135  GEN 5:29  तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
145  GEN 6:7  यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।”
147  GEN 6:9  यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।
153  GEN 6:15  तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।
154  GEN 6:16  जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।
159  GEN 6:21  खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ ।”
163  GEN 7:3  अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।
169  GEN 7:9  भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।
175  GEN 7:15  जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।
188  GEN 8:4  सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो ।
191  GEN 8:7  तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।
206  GEN 8:22  पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन ।
208  GEN 9:2  जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।
265  GEN 10:30  तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।
275  GEN 11:8  यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे ।
303  GEN 12:4  यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।
304  GEN 12:5  अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
324  GEN 13:5  अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।
326  GEN 13:7  अब्राम र लोतका गाईवस्‍तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्‍जीहरू बस्दथे ।
327  GEN 13:8  यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।
336  GEN 13:17  उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
343  GEN 14:6  र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।
347  GEN 14:10  सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।
362  GEN 15:1  यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
364  GEN 15:3  अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
373  GEN 15:12  घाम डुब्‍न लाग्दा अब्राम अब्राम मस्‍न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।
394  GEN 16:12  त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्‍नेछ ।”
399  GEN 17:1  अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
409  GEN 17:11  तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ ।
412  GEN 17:14  खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।”
421  GEN 17:23  त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।
422  GEN 17:24  तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।
423  GEN 17:25  तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।
427  GEN 18:2  तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
428  GEN 18:3  तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।
429  GEN 18:4  केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।
431  GEN 18:6  तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
432  GEN 18:7  अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे ।
440  GEN 18:15  त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन्‌ । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
451  GEN 18:26  परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
459  GEN 19:1  साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।
473  GEN 19:15  जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्‍नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ ।”
475  GEN 19:17  जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्‍ट हुनेछैनौ ।”
477  GEN 19:19  तपाईंका दृष्‍टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्‍न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्‍नेछ र म मर्नेछु ।
484  GEN 19:26  तर लोतकी पत्‍नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्‍का बनिन् ।
488  GEN 19:30  तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्‍न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।
504  GEN 20:8  अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।
510  GEN 20:14  त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।
522  GEN 21:8  त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।
528  GEN 21:14  अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
529  GEN 21:15  जब मशकको पानी सक्‍कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
530  GEN 21:16  त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
531  GEN 21:17  परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ ।
532  GEN 21:18  उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु । ”
534  GEN 21:20  परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो ।
535  GEN 21:21  ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।
541  GEN 21:27  यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
550  GEN 22:2  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”
561  GEN 22:13  ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।
562  GEN 22:14  यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्‍छ ।
576  GEN 23:4  “म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
578  GEN 23:6  “मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।”
579  GEN 23:7  तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे ।
580  GEN 23:8  तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्‍जुर छ भने मेरो कुरो सुन्‍नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति बिन्‍ती गरिदिनुहोस् ।
581  GEN 23:9  उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार मलाई बेच्‍न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
582  GEN 23:10  त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
583  GEN 23:11  “होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओडार पनि दिन्‍छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
584  GEN 23:12  अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।
585  GEN 23:13  अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्‍जुरी भए मेरो कुरा सुन्‍नुहोस् । म त्‍यस जग्‍गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
587  GEN 23:15  “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई गाड्‌नुहोस्‌ ।”
589  GEN 23:17  यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
590  GEN 23:18  त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।