Wildebeest analysis examples for:   npi-npiulb   ज    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

3  GEN 1:3  परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो ।
4  GEN 1:4  परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो ।
5  GEN 1:5  परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।
6  GEN 1:6  परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”
7  GEN 1:7  परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।
9  GEN 1:9  परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।
10  GEN 1:10  परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
11  GEN 1:11  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।
12  GEN 1:12  पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
14  GEN 1:14  परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15  GEN 1:15  पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
16  GEN 1:16  परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
17  GEN 1:17  पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
20  GEN 1:20  परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”
21  GEN 1:21  परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।
22  GEN 1:22  परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
24  GEN 1:24  परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।
25  GEN 1:25  परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।
26  GEN 1:26  परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”
28  GEN 1:28  परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
30  GEN 1:30  पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो ।
31  GEN 1:31  परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
32  GEN 2:1  सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो ।
37  GEN 2:6  तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
38  GEN 2:7  परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
40  GEN 2:9  हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
41  GEN 2:10  बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
42  GEN 2:11  पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
45  GEN 2:14  तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
47  GEN 2:16  परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ ।
48  GEN 2:17  तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
50  GEN 2:19  परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
51  GEN 2:20  मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
56  GEN 2:25  मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।
57  GEN 3:1  परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
61  GEN 3:5  किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
62  GEN 3:6  जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
63  GEN 3:7  तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
64  GEN 3:8  अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
66  GEN 3:10  मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
67  GEN 3:11  परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
70  GEN 3:14  परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
72  GEN 3:16  उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
73  GEN 3:17  आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
75  GEN 3:19  तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
76  GEN 3:20  मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।
78  GEN 3:22  परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
79  GEN 3:23  त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
80  GEN 3:24  परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
81  GEN 4:1  मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
82  GEN 4:2  अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
83  GEN 4:3  समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए ।
84  GEN 4:4  हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो,
87  GEN 4:7  यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
90  GEN 4:10  परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
91  GEN 4:11  अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।